शंखरापुर बोझनीमा प्रहरी र स्थानीयबीच झडप हुँदा दुई जना घाइते (भिडियो)
  • मूलधार

&show_text=false&width=560" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowFullScreen="true">

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझनीमा विद्युत सबस्टेसन निर्माणका विषयमा प्रहरी र स्थानीयबीच विवाद हुँदा झडप भएको छ । झडपमा परी स्थानीय राम तामाङ र लक्ष्मी तामाङ घाइते भएका छन् ।

४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउदा बिनासूचना राज्यले स्थानीयको जग्गा अधिग्रहण गरेको भन्दै स्थानीयहरु तीन दिनदेखित आन्दोलित छन् ।

सबस्टेसनका नाममा अनाधिकृत काम भइरहेको भन्दै स्थानीयले आयोजना स्थानान्तरण गर्नुपर्ने माग राख्दै आएका छन् । उक्त आयोजना निर्माणले त्यहाँका आदिवासी पूर्ण रुपमा विस्थापित हुनुपर्ने भएकाले कुनै पनि हालतमा आयोजना स्थानन्तरण हुनुपर्ने स्थानीयको माग छ ।

सबस्टेसन सरकारले बनाउने हो भने राज्यले शातिपूर्ण वातावरण निर्माण गर्नुपर्ने पनि स्थानीयको माग छ । यदि, राज्यले शान्तिपूर्ण वातावरण निर्माण नगरे ‘कि गर, कि मर’ को स्थिति पैदा हुने उनीहरुको भनाइ छ ।

  • January 3, 2023 प्रकाशित
  • सम्बन्धित