हर्क ‘स्टाइल’मा भोट माग्दै युग पाठक (भिडियो)
  • मूलधार

&show_text=false&width=560" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowFullScreen="true">

काठमाडौं । गएको स्थानीय तहको निर्वाचनमा एउटा भिडियोले निकै तहल्का पिट्यो । भिडियोमा एक जना पुरुष बीच सडकमा एक्लै माइक समातेर चिच्याइहेका छन्, माइकले घरिघरि प्रष्ट आवाज दिँदैन तैपनि त्यो बेवास्ता नगरी उनी कराइरहेका छन् । साथमा टेम्पो छ, टेम्पोमा नेपालको झण्डा गाडिएको छ अघिपछि कोही कार्यकर्ता र समर्थक छैनन् । नजिकै बाटामा हिँडिरहेको देखिन्छ चौपाया पुशहरु ।

तर, ती पुरुष भ्रष्टाचारको जालोले विकास नभएको र अबको स्थानीयत निर्वाचनमा त्यो तोड्नुपर्ने भनिरहेका छन् । त्यसरी एक्लै चुनावी प्रचारमा हिँड्ने व्यक्ति हुन्, हाल धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ । उनी स्वतन्त्र उम्मेदवार थिए, उनीसँग कुनै कार्यकर्ता थिएन तर, अहिलेका नेता, दलसँग आजित भएका जनताको साथ दह्रो रहेछ भन्ने जितपछि देखियो । नभन्दै हर्कले चुनाव जिते र काम पनि खुरुखुरु गरिरहेका छन् ।

अहिले झापा ५ मा त्यहिँ दृश्यको आभास भइरहेको छ । एक जना लामो कपाल भएका युवक सडकमा चारपांग्रे गाडी र माइकका साथ देखिएका छन् । उनी कस्ले के के गर्यो भन्दा पनि उल्टो राजनीतिले गर्छ (अहिलेका राजनीतिक दल) के भन्दै बुझ्नुपर्ने भनिरहेका छन् । भोट माग्दा चिप्लो कुरा गर्ने, जितेर गएपछि हराउने परिपाटीलाई अब नयाँ राजनीति अर्थात् सुल्टो राजनीति गर्न्ुपर्ने उनको भनाइ छ ।

यसरी हर्क स्टाइलले चुनावी प्रचारमा हिँड्ने व्यक्ति हुन्, युग पाठक । लेखक, विश्लेषक, अभियन्तासमेत रहेका पाठक आगामी प्रतिनिधिसभा निर्वाचन सदस्यका लागि झापा ५ बाट उम्मेदवार छन् । उनी हेभिवेट उम्मेदवार अर्थात् नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा छन् । तर, पाठकलाई चुनाव जित्न भने फलामको चिउरा चपाउनुसरह नै छ । तैपनि पाठक आत्मबल दह्रो बनाएर चुनावी प्रचारमा छन् ।

हेर्दा लाग्छ पाठकले पनि अहिलेका नेतासँग आजित जनतासँग मत माग्न हर्क स्टाइल नै समाएका हुन् । सडक वारि पाठक एक्लै फतफताइरहेका छन्, पारी केही स्थानीयहरु उनको कुरा सुनेजस्ता देखिन्छन्, कोही आफ्नै सुरमा व्यस्त छन् । तैपनि पाठक सुल्टो राजनीतिले मात्र देश सपार्ने भनिरहेका छन् ।

  • November 7, 2022 प्रकाशित
  • सम्बन्धित