बौद्ध स्तुपामाथि पहिले चढ्न पाइन्थ्यो, अहिले पाइँदैन ? यस्तो छ कारण (भिडियाे)
  • मूलधार

काठमाडौं । काठमाडौं भन्नेवित्तिकै विश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध स्तुपाको तस्वीर दिमागमा आइहाल्छ । किनकि काठमाडौंको तस्वीरभित्र विशेष प्राथमिकताका साथ बौद्धलाई राखिएको हुन्छ । काठमाडौं आउने आन्तरिक तथा बाह्य पर्यटकहरु एकपटक शान्तिको क्षेत्र बौद्धको दर्शन नगरी घर फर्किदैनन् । घण्टौ समय लगाएर पर्यटकहरु बौद्ध घुम्ने गर्दछन् ।

विगतमा बौद्ध स्तुपाको द्वाराबाट प्रवेश गरेर मानिस तथा पर्यटकहरु बौद्ध स्तुपामाथि उक्लेर फोटो खिच्ने, मनोरञ्जन लिने गर्ने गर्दथे । अहिले पनि कतिपय मानिसहरू बौद्ध स्तुपा चढेर मनाेरञ्जन लिन साेख पूरा गर्न चाहन्छन् तर, पछिल्लो समय बौद्ध स्तुपामाथि चढेर फोटो खिच्न सौखिन, रम्न मन पराउनेहरु बञ्चित छन् । पहिले बौद्ध स्तुपामाथि चढ्न पाइने भए पनि अहिले किन बञ्चित ? धेरैलाई थाहा नहुन सक्छ ।

बौद्ध तथा मेलम्ची घ्याङ गुठीका इन्चार्ज साङ्गे दोर्जे लामा

विगतमा जेजस्तो गल्ती भए पनि अहिले सच्याइएको बौद्ध तथा मेलम्ची घ्याङ गुठीका इन्चार्ज साङ्गे दोर्जे लामा बताउँछन् । उनका अनुसार अहिले प्रत्येक शनिबार सरसफाइ गर्नका लागि मात्र सरसफाइकर्मीलाई बौद्धमाथि प्रवेश गर्न अनुमति दिइन्छ, त्यसबाहेक निषेध छ ।

उनी भन्छन्, ‘बौद्ध भगवान बुद्धको स्वयं शरीर हो । स्तुपा वरिपरि पुस्तकलगायत सामग्रीहरु राखिएका छन् । जुन स्तुपामाथि चढ्दा अदृश्य रुपमा टेक्न पुगिन्छ । बौद्धलाई भगवान बुद्धकै रुपमा लिइने भएकाले र बौद्धमाथि चढ्दा भगवान बुद्धको शरीरमा चढेजस्तो हुन्छ । जुन कार्य राम्रो होइन ।’

कुराकानीको अघि इन्चार्ज लामाले बौद्ध स्तुपामाथि विगतमा चढिएको बारे अन्जानमा भूल भएको बताए । तर, अहिले त्यो भूल थाहा पाएर सच्याउनु नै शिक्षा प्राप्त गरिएको उनको भनाइ छ ।

‘विगतमा बौद्धमागि चढ्यो होला, जात्रा, मनोरञ्जन भयो होला । तर, अनजान र जानी जानी गर्ने गल्ती फरक हुन् । विगतमा हामी बच्चा छँदा जानी नजानी खुट्टाले आमालाई छोयो होला । त्यो अन्जान थियो,’ उनले भने, ‘तर, पूर्ण रुपमा चेतना अंकुराएपछि त हामीले दोहार्याने काम गरेनौँ नि । यसैगरी हामीले पनि अहिले यो बोद्ध बुद्धकै शरीर भएकाले टेक्नु हुँदैन भन्ने बुझ्यौँ ।’

विगतमा भएका कार्यप्रति इन्चार्ज लामाले गल्ती भएको स्वीकार्दै माफीसमेत मागे । उनले अहिले त विगतको कामलाई रोकिएकाले एउटा नयाँ सन्देश दिएको पनि बताए ।

विशेषगरी बौद्ध धर्मालम्बीहरु बौद्ध स्तुपामाथि चढ्नै मान्दैनन् । किनकि उनीहरुले यसबो महत्वबारे राम्रोसँग बुझेका छन् । तर, विगतमा यसतर्फ ध्यान नदिँदा गल्ती हुन गएको उनले बताए ।

  • November 6, 2022 प्रकाशित
  • सम्बन्धित