पदम राई : टिम प्रमोदबाट ‘आउट’, टिम राजेशमा ‘इन’
  • मूलधार

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ को ब्याटल राउण्डमा टिम प्रमोदबाट आउट भएका पदम राईलाई कोच राजेशपायलले स्टिल गरेका छन् ।

योगेश मगरसँगको प्रतिस्पर्धा गर्दा आउट भएका उनलाई अन्तिम घडीमा राजेशपायलले बज गर्दै आफ्नो टिममा स्टिल गरेर भित्र्याएका हुन् । राजेशपायलले स्टिल गरेसँग पदम नकआउट चरणमा प्रवेश गरेका छन् ।

टिम राजेशमा प्रवेश गरेका पदम ताप्लेजुङ आइडल पनि हुन् । उनका ‘के गुलियो छ र सख्खर चिनी,’ ‘एसो हेरे’ लगायत गीतहरु लोकप्रिय रहेका छन् ।

ब्याटल राउण्डको अन्तिम चरणको पहिलो राउण्डमा अनौठो दृश्य पनि देखियो । ब्याटल राउण्डमा कोच राजेशपायल राईका प्रतिस्पर्धी मोहन नेपाली र सन्जीव सेवनको प्रतिस्पर्धामा सन्जीव सेवन अस्वस्थ भएपछि राजेशपायल राई आफै सन्जीवको ठाउँमा स्टेजमा प्रतिस्पर्धी भई उभिएर मोहनसँग गीत गाए ।

  • November 4, 2022 प्रकाशित
  • सम्बन्धित