भ्वाइस अफ नेपालकाे स्टेजमा जब काेच राजेशपायल आफै प्रतिस्पर्धी भएर स्टेज उक्लिए…
  • मूलधार

काठमाडौं । भ्वाइस अफ नेपालकाे शाेमा अहिलेसम्मकै नयाँ दृश्य देखिएकाे छ ।  भ्वाइस अफ नेपालकाे सिजन ४ को ब्याटल राउण्डको शुक्रबारको अन्तिम चरणकाे पहिलाे राउण्डमा अनौठो दृश्य देखियो । ब्याटल राउण्डमा कोच राजेशपायल राईका प्रतिस्पर्धी मोहन नेपाली र सन्जीव सेवनको प्रतिस्पर्धा थियो ।

तर, अन्तिम चरणमा सन्जीव सेवन अस्वस्थ भएपछि राजेशपायल राई आफै सन्जीवको ठाउँमा स्टेजमा प्रतिस्पर्धी भई उभिएर मोहनसँग गीत गाए । गीतको बोल थियो– सोनु निगमको उकाली ओराली गर्दै…।

स्टेजमा ब्याटलका लागि मोहनको नाम बोलाउँदा सन्जीव बिरामी भई अनुपस्थित भएको उद्घोषकले उद्घोष गर्दा तीन कोच र दर्शकहरु छक्क परेका थिए ।

आफ्नो टिमको प्रतिस्पर्धी बिरामी भएपछि अनुपस्थित भएपछि राजेश आफैले आफै मोहनलाई सघाउने भन्दै स्टेजमा उक्लिएका थिए । र, पछि तीनै कोचले राजेश र मोहनलाई गीत गाउन सघाएका थिए ।

अन्तिममा काेच राजेशले आफूभन्दा पनि राम्राे गाएकाे भन्दै माेहनलाई नकआउट चरणामा छनाेट गरे ।

  • November 4, 2022 प्रकाशित
  • सम्बन्धित