शनिबार प्रज्ञा भवनमा ‘संसदीय निर्वाचन र जात व्यवस्था उन्मुलनको प्रश्न’ विषयमा विचार गोष्ठी हुने
  • मूलधार

काठमाडौं । ‘संसदीय निर्वाचन र जात व्यवस्था उन्मुलनको प्रश्न’ विषयमा शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा विचार गोष्ठी हुने भएको छ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालद्वारा आयोजित उक्त कार्यक्रम दिउँसो ठीक १ बजे सुरु हुनेछ ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक गोपाल किराती, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा विरही र नेकपा (क्रान्तिकारी माओवादी) की पोलिटब्यूरो सदस्य अम्बिका मुडभरी रहेका छन् । उनीहरुले संसदीय व्यवस्था र जात व्यवस्थाबारे आफ्ना भनाइहरु राख्ने छन् ।

कार्यक्रमको उद्धेश्य- के संसदीय निर्वाचनको बाटोबाट जात व्यवस्था उन्मूलन हुन्छ ? जात व्यवस्था र संसदीय निर्वाचनको सम्बन्ध कस्तो हो ? अहिलेकै व्यवस्थाको चुनाव लडेर दलितको मुक्ति खोज्नेहरु ठीक हुन् कि, यो व्यवस्थाकै विकल्प खोजेर अघि बढेकाहरु ? जात व्यवस्था उन्मूलन चाहनेहरुले यी प्रश्नहरुको ठीक जवाफ खोज्ने कि नखोज्ने ? यिनै प्रश्नका सवाल जवाफ वक्ताहरुले कार्यक्रममार्फत दिने छन् ।

  • November 4, 2022 प्रकाशित
  • सम्बन्धित