सन्दीप लामिछानेलाई थुनामा पठाउन आदेश
  • मूलधार

काठमाडौं । जबर्जस्तीकरणी आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

गत मंगलबारदेखि चलेको थुनछेक बहस शुक्रबार सकिएको थियो । सरकारी वकिलको बहसपश्चात् न्यायाधीश घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्ष थुनामा पठान आदेश सुनाएका हुन् ।

लामिछानेविरुद्ध २१ भदौमा एकजना नाबालिकाले प्रहरी वृत्त, गौशालामा जबर्जस्तीकरणण्ी मुद्धामा जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दीप खेलका लागि बाहिर थिए । २० असोजमा काठमाडौं फर्किएका सन्दीपलाई त्यसैदिन प्रहरीले त्रिवि विमानस्थलबाट पक्राउ गरेको थियो ।

  • November 4, 2022 प्रकाशित
  • सम्बन्धित