मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मृत्यु
  • मूलधार

काठमाडौं । परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार बेलुकी भएको दुर्घटनामा उनको मृत्यु भएको हो । ट्राफिक प्रहरीका अनुसार बाटो काट्ने गर्ने क्रममा सुब्बालाई मोटरसाइकलले हानेको थियो ।

अनामनगरमा बस्दै आएकी सुब्बालाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई मृत्यु घोषणा गरेको हो ।

अधिकृत सुब्बा मन्त्रालयको राष्ट्र संघ महाशाखामा कार्यरत थिइन् । उनी २०६९ सालमा परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् । उनले यसअघि इजरायलस्थित नेपाली राजदूतावासमा सेवा गरिसकेकी छन् ।

उनले राहदानी विभागमा पनि काम गरेकी थिइन् । सुब्बाको पति र नाबालक छोरा छन् ।

  • November 4, 2022 प्रकाशित
  • सम्बन्धित