मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे समालिङ्गी विवाह
  • मूलधार

एजेन्सी । अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले विवाह गरेका छन् । सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन् ।

२६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिन डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए । आफ्नो सम्बन्धबारे उनीहरूले कसैलाई जानकारी दिएका थिएनन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूहरूले बिताएका प्रेमिल क्षणहरूको भिडिओ सेयर गर्दै उनीहरूले विवाह गरेको जानकारी दिएका हुन् ।

सन् २०२० मा थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा उनीहरूबीच भेट भएको थियो । उक्त प्रतियोगिताको टप १० सम्म पुगेका दुबै जना त्यसपछि साथी बनेका थिए ।

 

  • November 3, 2022 प्रकाशित
  • सम्बन्धित