काठमाडौं । विश्व कीर्तिमानी चलचित्र ‘अवतार’ को दोस्रो शृंखला ‘अवतार : द वे अफ वाटर’को ट्रेलर रिलिज भएको छ । साइन्स फिक्सनमा आधारित यस चलचित्र डिसेम्बर १६ मा प्रदर्शनमा आउन लागेको छ ।
नेपालमा पुस १ गते रिलिज हुने यो चलचित्रको पर्खाईमा दर्शकहरु रहेका छन् । अत्यधिक रुचाइएको यो चलचित्रको सिक्वेल १३ वर्षपछि विश्वब्यापी रुपमा प्रदर्शन हुन लागेको छ ।
जेम्स क्यामरुनद्वारा निर्देशित यस चलचित्रको दोस्रो शृंखलाको कथा परिवार र परिवारसँगै रहन प्रयास गर्नेबारे रहेको छ । चलचित्रमा सबै एकअर्काको रक्षा गर्न आफू बसेको ठाउँको सुरक्षा गर्न तत्पर देखिएको छ ।
साम वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको यस चलचित्रको ट्रेलरमा उनीहरुसँगै बालबच्चाको अभिनयलाई पनि चित्रण गरिएको छ । चलचित्र ३ घण्टा १० मिनेट रहेको बताइएको छ ।
ट्रेलरमा पृथ्वीबाट पाण्डोरा ग्रहको समुन्द्रमा पुगेका मानिसका र त्यहाँका आदिवासीबीच युद्ध सुरु हुन्छ । चलचित्रको दोस्रो शृंखलामा दुई पक्षबीच पाण्डोराको समुन्द्रमा भिडन्त भएको देखिएको छ ।
ट्रेलर :