काठमाडौं । आजदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर बेलुकी ४ बजे बन्द हुने भएको छ । जाडो याम सुरु भएसँगै एक घण्टाअघि अर्थात् सरकारी कार्यालय समय १०–५ अगावै कार्यालय बन्द हुन लागेको हो ।
माघ १६ देखि १०–४ सम्म कार्यालय खुल्ने राजपत्रमा नै सूचना प्रकाशन भएको छ । सूचना अनुसार १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ४ बजे छुट्ने भनिएको छ । यसैगरी हरेक शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने राजपत्रमा उल्लेख छ ।
माघ १६ देखि सरकारी कार्यालयको समय १०–४ हुँदैछ भने खाजा खाने समय १ घण्टा हुनेछ । खाजा र जाडो यामको १ घण्टा छुट हुँदा कर्मचारीले कार्यालयमा ५ घण्टा बिताउनुपर्नेछ ।