फिलिपिन्समा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११० नाघ्यो
  • मूलधार

काठमाडौं । फिलिपिन्समा गत हप्ता आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११० भन्दा बढी पुगेको छ।

देशको प्रकोप एजेन्सीका अनुसार ३३ जना अझै बेपत्ता छन् भने १०० भन्दा बढी घाइते भएका छन्।

मंगलबार फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले उद्धारमा खटिएका अधिकारीहरूलाई राहतहरु छिटो वितरण गर्न आदेश दिएका छन् ।

फिलिपिन्समा ७६०० भन्दा बढी टापुहरूको द्वीपसमूह जलवायु परिवर्तनका कारण उष्णकटिबंधीय चक्रवातहरूको बढ्दो तीव्रतामा बारम्बार पहिरो र बाढीको कारणले वर्षमा औसत २० टाइफुनहरू देखा पर्ने गरेका छन् ।

  • November 2, 2022 प्रकाशित
  • सम्बन्धित