कहिल्यै उत्कृष्ट अवार्ड पाइनँ, जहिल्यै मेकअप र पहिरनमा ध्यान दिनुपर्यो : करिश्मा मानन्धर
  • मूलधार

काठमाडौं । राजनीतिमा अस्थिर रहेकी अभिनेत्री करिश्मा मानन्धरले आफूले उत्कृष्ट अभिनेत्रीको अवार्ड नपाएकोमा गुनासो पोखेकी छन् ।

सोमबार सरोज खनाल निर्देशित फिल्म ‘बगान’को शीर्ष गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री मानन्धरले चलचित्रमा पाइला चालेदेखि अहिलेसम्म अभिनेत्रीको अवार्ड नपाएकोमा गुनासो पोखेकी हुन् ।

थुप्रै चलचित्रमा भूमिका निर्वाह गरे पनि जहिल्यै पनि पहिरन र मेकअपमात्र ध्यान दिनुपरेको बताइन् । उनका अनुसार अवार्डभन्दा पनि मेकअप र पहिरनमा ध्यान दिनुपर्ने बाध्यता रह्यो ।

कार्यक्रममा उनले भनेकी छन्, ‘करिश्मा मानन्धरले कहिल्यै पनि उत्कृष्ट अभिनेत्री भनेर अवार्ड पाइनँ। यत्रो लामो करिअर भयो, कहिल्यै पनि अवार्ड पाइनँ। जहिल्यै मेकअप र पहिरनमा ध्यान दिनुपर्ने बाध्यता रह्यो ।’

सरोज खनाल निर्देशित ‘बगान’ चलचित्रको विषयमा पनि उनले केही प्रष्ट पारिन् । उनका अुनसार यो फिल्ममा काम गर्दा एक पटक पनि ऐनामा हेर्नु परेन ।

सरोज खनाल निर्देशित चलचित्रमा करिश्माले एकल आमाको भूमिकामा प्रस्तुत छिन् । चलचित्रमा उनी प्रमिला छोरीको भूमिकामा छन्। चलचित्र यहिँ फागुन १२ गतेदेखि प्रदर्शन हुँदैछ।

  • November 1, 2022 प्रकाशित
  • सम्बन्धित