काठमाडौं । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो बिहे गरेकी अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ ।
पारिवारिक स्रोतका अनुसार मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा श्वेताले पहिलो सन्तानलाई जन्म दिएकी हुन्।
श्वेतको पहिलो विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीमानको निधन भएको केही वर्षपछि श्वेताले विजयेन्द्रसँग दोस्रो विवाह गरेकी थिइन् ।
श्वेताले ‘कहाँ भेटिएला’बाट चलचित्रमा डेब्यु गरेकी हुन् । कहाँ भेटिएलापछि उनले ‘कोहिनूर’ र ‘कान्छी’ मा पनि अभिनय गरिसकेकी छन् । यी चलचित्रपछि चलचित्र क्षेत्रबाट टाढिँदै गएकी श्वेता पछिल्लो समय व्यवसायमा व्यस्त थिइन् ।