गुजरातमा झोलुङ्गे पुलबाट खसेकाहरुको उद्धार तथा खोजी जारी (तस्वीरहरू)
  • मूलधार

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा हालसम्म १ सय ८० जनाले ज्यान गुमाएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला, बालबालिका र वृद्ध छन् ।

दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच हुँदा मोरबीको पुल भाँच्चिन पुगेको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ भने कैयौँ हराइरहेका छन् ।

बेलायतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । उक्त दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ । राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ ।

राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर च सञ्चालन गरेका थिए । अहमदाबादबाट करिब २२० किलोमिटर टाढा मोरबीमा माच्छु नदीको पुल भत्किएपछि भारतीय उद्धारकर्मीहरूले अहिले पनि खोजी अभियान चलाइरहेका छन्। चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थलमा रहेको बताइएको छ । – तस्वीर एएफपी

 

 याे पनि :

गुजारातमा यसरी पुल हल्लाउँदा हल्लाउँदै ५ सय जना नदीमा खसे, १ सय ८० को मृत्यु (भिडियाे)

  • October 31, 2022 प्रकाशित
  • सम्बन्धित