काठमाडौं । नाबालिग जबर्जस्तीकरणी आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतसमक्ष माग गरेको छ ।
हाल सन्दीपको नाममा चितवनको कल्याणपुर–७ जग्गा रहेको छ । र, उक्त जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको छ।
यसैगरी एनआईसी एसिया बैंकको खातामा रहेको नगद ६५ हजार २९८ रुपैयाँ पनि रोक्का राख्न सरकारी वकिलले माग गरेको छ । सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा (३) बमोजिम लामिछानेलाई १० देखि १२ वर्षसम्म जेलसजाय गर्न पनि माग दाबी गरेको छ ।
दफा २१९ को उपदफा (३ घ) मा पीडित १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरको महिला भए १० देखि १२ वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था रहेको छ ।