सबिनातिर संकेत गर्दै मेयर हर्क साम्पाङले ‘द भ्वाइस अफ नेपाल सिजन–४’ नारीले जित्नुपर्छ भनेपछि…
  • मूलधार

काठमाडौं । प्राय स्टाटस लेखिबस्छन्– धरान उपमहानरगरपालिकाका मेयर हर्क साम्पाङ । जानकारीमूलक, सचेतनामूलक, सन्देशमूलक स्टाटस पोष्ट गरिरहने मेयर साम्पाङको फेसबुक स्टाटसलाई लिएर मानिसहरु पक्ष, विपक्षमा पनि बाँडिएका छन् । कसैले मेयर साम्पाङको स्टाटसलाई मन पराएका छन् भने कसैले मेयर भएर पद सुहाउँदो स्टाटसमात्र लेख्न सल्लाह दिइरहेका छन् ।

स्टाटस लेखेर पोष्ट गर्ने क्रममा सोमबार मेयर साम्पाङले मनोरन्जनात्मकसम्बन्धि स्टाटस पोष्ट गरे । नेपालमा अहिले खुबै चलिरहेको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल–४’को विषयमा साम्पाङले आफ्नो धारणा राखे ।

उनले लेखेका छन्, ‘तिमीले खाएको कसम साँचो भाको भए… यसपालिको voice of nepal चाहिँ नारी हुनु पर्छ है ! कहिले कहिँ त female contestant लाई पनि जिताऔँ न हौ ! कि कसो ?’

‘तिमीले खाएको कसम साँचो भाको भए…’ गीतकार दर्पण राईद्वारा रचित यो गीत गायिका मेलिना राईले गाएकी हुन् । जुन गीत द भ्वाइस अफ नेपाल–४ का कोच राजेश पायल राईको टिमबाट ब्याटल राउण्डमा सबिना योङहाङ र नम्रता राईले गाएका थिए । र, उक्त ब्याटल राउण्डबाट नकआउट चरणमा सबिना प्रवेश गरेकी थिइन् ।

यसैलाई संकेत गर्दै मेयर साम्पाङले यसपालिको द भ्वाइस अफ नेपाल सिजन–४ को विजेता महिला बन्नुपर्ने भनेका थिए । उनको मतलब सबिनाले यसपालिको द भ्वाइस अफ नेपाल सिजन–४ को उपाधि जिते उचित हुन्थ्यो ।

मेयर साम्पाङले आफ्नो धारणा राख्न नपाउँदै उनको स्टाटसको विषयमा विमति र सहमति जनाउनेहरुको ओइरो लागेको छ । कसैले मेल फिमेल भन्ने भन्दा पनि जस्को स्वर राम्रो छ उसैले उपाधि जित्नुपर्छ भनेका छन् भने कसैले यसपालिको उपाधि महिलाले नै उचाल्नुपर्ने भनेका छन् ।

मिलन पोख्रेरलले मेयर साम्पाङको स्टाटससँग आपत्ति जनाउँदै लेख्छन्, ‘यस्तो टिमुर्किएको बात नगरौ हर्क जि । जित्ने हार्ने भन्या कलाले हो कुनै वर्ग ले होइन । बोल्दा वा लेख्दा अलिक ख्याल गर्ने गरौँ अहमता त्यागौँ । हुँदैन जस्को राम्रो छ कला उसैले जित्ने हो । यस्लाई जिताउ, उस्लाई जिताउ भन्ने कोचले होइन आफ्नो कलाले जित्ने हो ।’

यस्तै, जिनिस केसी लेख्छन्, ‘मेल फिमेल भन्ने हुदैन जस्को राम्रो छ कला उसैले जित्ने हो यस्लाइ जिताउ उस्लाई जिताउ भन्ने कोच ले होइन आफ्नो कला ले जित्ने हो ।’

पर्शुराम रिजाल लेख्छन्, ‘जसको क्षमता छ पक्कै त्यो आउँछ नै हैन र ?? नत्र अघिल्लो चुनावमा धरानको मेयरमा पनि एक महिला जिताएको भए के जान्थ्यो भने जस्तै मात्रै हो मेयर साब !’

यसैगरी थुप्रैले मेयर साम्पाङको स्टाटसलाई लिएर आपत्ति र असहमति जनाएका छन् भने कयौँले पुरुषले जितिरहेको उपाधि यसपालि महिलाले जित्नुपर्नेमा सहमति जनाएका छन् ।

  • October 31, 2022 प्रकाशित
  • सम्बन्धित