अमेरिकामा भुवन र जियाको ‘रोमान्स’ (तस्वीरहरू)
  • मूलधार

काठमाडौं । छोराको बिहे गर्ने बेला चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी अहिले अमेरिकामा प्रेमिकासँग राेमान्स गरिरहेका छन् । अमेरिकामा भुवनसँगै प्रेमिका जिया केसी पनि सँगै छन् । तिहारअघि नै अमेरिका गएका उनीहरु काठमाडौं फर्किने तयारीमा छन् ।

भुवन केसी ग्लोबल फिल्म अवार्ड समारोहमा भाग लिन अमेरिका पुगेका हुन् । झण्डै दुई साता अमेरिकामा बिताउनुपर्ने भएपछि भुवनले आफूसँगै प्रेमिका जियालाई पनि साथमै लिएर गएका थिए ।

अमेरिकामा भुवनको घुमघामभन्दा पनि जियासँगको गसिपले चर्चा बटुल्यो । जियासँग तेस्रो विवाह गर्न लागेको एक अन्तर्वार्ताले त भुवनको विषयमा अनेकन् टिप्पणी भए । भुवनकी पूर्वपत्नी सुस्मिताले पनि त्यस विषयमा टिप्पणी गरिन् । सोही अन्तर्वार्तामा भुवनले चाँडै गुड न्युज सुन्न पाइने पनि भनेका छन् ।

अमेरिकामा रहँदा भुवन र जियाले विभिन्न ठाउँ घुमेका दृश्यहरु देखिए । उक्त दृश्य स्वयं जियाले नै टिकटकमा पोष्ट गरेकी हुन् । टिकटकमा देखिएअनुसार भुवन र जिया स्टुडियोमा घुमघामदेखि गल्फ खेले ।

 

  • October 31, 2022 प्रकाशित
  • सम्बन्धित