गुजरातमा यसरी पुल हल्लाउँदा हल्लाउँदै ५ सय जना नदीमा खसे, १ सय ८० को मृत्यु (भिडियाे)
  • मूलधार

काठमाडौं । बेलायती शासनकालमा भारतको गुजरातमा बनेको मोरबी पुल भत्किँदा मृत्यु हुनेको संख्या १ सय ८० जनाले ज्यान गुमाएका छन्। हिजो आइतबार साँझ साढे ६ बजे ७ सय ६५ फिट लामो रहेको ४.५ फिट चौडा पुल भत्केको थियो ।

मृत्यु हुनेमा २५ जना बालबालिका रहेको बताइएको छ भने ज्यान गुमाउनेमा महिला र ज्येष्ठ नागरिकको संख्या बढी रहेको बताइएको छ । भारतीय समाचार संस्था एनडिटिभीका अनुसार १ सय ५० वर्ष पुरानो पुल भत्किँदा करिब ५ सय जना नदीमा खसेका थिए ।

दुर्घटनामा परेकामध्ये हालसम्म १ सय ७७ जनाको उद्धार गरिएको छ । पुल भत्किएसँगै गुजरातका सीएम भूपेन्द्र पटेल हिजो राती मोरबी पुगेका थिए। उनले हिजोदेखि खोज र उद्धार कार्यको कमान्ड सम्हालिरहेका छन्। उक्त राज्यको सरकारले यस घटनाको छानबिन गर्न एक समिति गठन नैगरेको छ।

दुर्घटना हुनुभन्दा ५ दिनअघि २५ अक्टुबरमा उक्त पुल आमनागरिकका लागि खुला गरिएको थियो । आइतबार साँझ एकसाथ चार सय मान्छे भेला भएपछि दुर्घटना भएको हो ।

३० सेकेन्डको भिडियो हेर्दा मानिसहरु रमाउँदै पुल हल्लाउँदै गरेका देखिन्छन् भने पुल हल्लाउँदै गरेको ११ सेकेन्डमै मानिसहरु एकाएक नदीमा खस्छन् ।

  • October 31, 2022 प्रकाशित
  • सम्बन्धित