शेरधन राईको श्वेतपत्र : ‘मैले गर्दा प्रदेश १ ले नाम नपाएको हुँदै होइन’ (श्वेतपत्रसहित)
  • मूलधार

काठमाडौं । प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेबाट आगामी प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले आफू कार्यकालमा रहँदा गरेका कामहरुको जानकारी गराउँदै श्वेतपत्र नै जारी गरेका छन् ।

प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लाका सडक, खानेपानी, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य र कृषिमा गरेका कामहरु बारे जानकारी गराउँदै राईले आइतबार भोजपुरको हतुवागढी, घोरेटारमा श्वेत पत्र सार्वजनिक गरेका हुन् ।

श्वेत पत्रमार्फत् राईले आफू ३ वर्ष ६ महिना ७ दिन प्रदेश नं १ को मुख्यमन्त्री रहँदा प्रदेशको राजधानी राख्न नसक्नु आफ्नो
मात्र दोष नभएको पनि स्पष्ट पारेका छन् । उनले यस विषयमा नाम टुंगोमा लगाए पनि पार्टीहरु तयार नभएको उनले भनेका छन् ।

उनले भनेका छन्, ‘यस श्वेतपत्र मार्फत मैले एउटा कुरा जिल्लाबासीलाई भन्नैपर्छ— म बहाल रहेको बेला प्रदेशले नाम पाएन । तर मैले प्रदेशको नाम राख्न नसकेको वा मेरो कारणले प्रदेशले नाम नपाएको भन्ने कदापि होइन । हामीले राजधानी टुंग्यायौं, तर नाम टुंग्याउन पार्टीहरू तयार भएनन् । प्रदेशसभाको अधिकार क्षेत्रभित्रको कुरा भएको र दुई तिहाई माननीय सदस्यहरूको मतबाट टुंग्याउनुपर्ने संवैधानिक ब्यवस्था रहेकोले
मैले सरकार प्रमुखको हैसियतमा छलफल, परामर्श र सहजीकरण गर्ने काम गर्दागर्दै म सरकारबाट हट्नुप¥यो । म भन्दा पछिका दुई मुख्यमन्त्रीले पनि प्रदेशको नाम राख्न सकेनन् । उहाँहरू भएको बेला प्रदेशले नाम पाएको भए मलाई लगाइएको आरोप बिकाउ हुन सक्थ्यो । त्यसैले प्रदेशले नाम नपाउनुको दोष मेरो थाप्लोमा मात्र लगाउनु उचित हुनै सक्दैन ।’

सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरू र बजेट समेत समावेश गरेर राईले श्वेतपत्र सार्वजनिक गरेका छन् ।

  • October 30, 2022 प्रकाशित
  • सम्बन्धित