चुनावी कार्यक्रमबाट फर्किंदै गर्दा धनराज गुरूङ चढेको गाडी दुर्घटना
  • मूलधार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चुनावी कार्यक्रमबाट फर्किने क्रममा सवारी गाडी दुर्घटनामा परेका छन्छ।

शुक्रबार स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्किने क्रममा दुर्घटनामा परेको उनले बताएका हुन् ।

उनका अनुसार गाडीमा सवारी सबैजना सकुशल रहेको र सामान्य दुर्घना भएको हो । गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडकबाट नालीमा पुग्दा सामान्य दुर्घटना भएको हो।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुरुङ स्याङ्जा क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। गुरुङसँग एमालेकी पद्मा अर्याल प्रतिस्पर्धामा रहेकी छन् ।

  • October 21, 2022 प्रकाशित
  • सम्बन्धित