गोला प्रथाबाट नम्बर तान्दै ओलीले सर्वसाधारणसँग गरे कुराकानी (तस्वीरहरु)
  • मूलधार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोला प्रथाबाट नम्बर टिपाएका सर्वसाधारणहरुसँग फोनमार्फत कुराकानी गरेका छन् । शुक्रबार ओलीले पार्टी कार्यालय च्यासलबाट गोलाप्रथाबाट नम्बर टिपाएका सर्वसाधारणसँग कुराकानी गरेका हुन्।

ओलीसँग कुराकानी गर्न बिहीबार दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए । गोला प्रथाबाट नम्बर तानेर ओलीले उनीहरुसँग आगामी चुनावलगायत समसामयिक विषयमा कुरा गरेको ओलीको सचिवालयले जनाएको छ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावकेन्द्रित ‘लाइभ डिबेट’ का लागि पनि बोलाएका थिए । तर, ओलीको उक्त प्रस्तावबारे प्रधानमन्त्री देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

  • October 21, 2022 प्रकाशित
  • सम्बन्धित