‘सक्किगोनि’ को टिममा खटपट सुरु भएको हो कि कलाकारको स्वास्थ्य नै बिग्रेको हो ?
  • मूलधार

काठमाडौं । प्रत्येक बिहीबार प्रसारण हुने हास्यटेलिसिरियल ‘सक्किगोनि’ यो हप्ता प्रसारण भएन । दर्शक टेलिसिरियल हेर्न टिभी र युट्युब कुरेर बसे पनि हिजो बिहीबार (३ गते) पूरानै भागको टेलिसिरियल प्रसारण भयो ।

९१ औँ भागको प्रसारण पूरानै भाग ल्याएर लाइभ प्रसारण गरियो । तैपनि दर्शकले पूरानै सिरियल पनि हेरे । तर, धेरैले नयाँ भाग प्रसारण नगरेर पूरानो भाग प्रसारण गरेकोमा आपत्ति र रोस पनि प्रकट गरे ।

दर्शकले पूरानो होइन नयाँ सिरियल खोजेपछि ‘सक्किगोनि’ परिवारले टिमभित्र स्वास्थ्य समस्या देखिएका कारण यो हप्ता नयाँ भाग लिएर आउन नसकेकोमा क्षमा माग्दै आगामी हप्तादेखि नियमित नयाँ भागसहित उपस्थित जनाएको छ ।

नयाँ भाग नआएको विषयमा ‘सक्किगोनि’ परिवारले लेखेको छ, ‘टिम भित्रका केहि कलाकारहरुमा देखिएको स्वास्थ्य समस्याका कारण यो हप्ताको सक्किगोनिको लागि शुटिङ गर्न असमर्थ भयौ, नया भाग को प्रतिक्षामा रहनुभएका हाम्रा समस्त दर्शक महानुभावहरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थि छौ, आगामि हप्ता बाट हामि नियमितरुपमा नया भाग सहित उपस्थित हुने बाचा गर्दछौ (सक्किगोनि परीवार) ।’

तर, थुप्रै दर्शकले भने सक्किगोनी टिमको उक्त वक्तव्यप्रति असमति जनाउँदै विभिन्न कमेन्टहरु गरेका छन् । कसैले जिग्री र सीतेबा ठुटे नेता भएर त कसैले कान्छी र भुन्टी सिरियलभन्दा यसरी नै पछि परेको टिप्पणी गरेका छन् ।

राजु दाहालले हरिश निरौला ‘कक्रोज’ को फेसबुक पेजमा लेखेका छन्, ‘ जीग्री र सीतेबा ठुटे नेता अरु डाम्नाहरु झोले कार्यकर्ता भएर नभ्याएको होला ।’

यस्तै, दिपक ढकालले चाहिँ कान्छी र भुन्टी भन्दा पछि परेको कारण देखाउँदै लेखेका छन्, ‘यस्तै यस्तै कारण ले आज सक्किगोनी सिरियल कान्छी र भुन्टी भन्दा पछाडी पर्यो। लकडाउन को बेला अरु सबै बन्द भए तर कान्छी र भुन्टी आइ रह्यो। त्यो बेला नै सक्किगोनी संग बराबरी गर्दै अहिले सक्किगोनी भन्दा माथी पुगी सक्यो कान्छी र भुन्टी। २ जना बिरामी हुँदा सिरियलको सुटिङ नै रोक्दै जाने हो भने दुई चार महिनामा सक्किगोनी स्वाहा हुन्छ।’

यसैगरी विशाल सुवेदीले आजकाल सक्किगोनीको कहानीमा उति साह्रो विषयवस्तु उठान नभएको भनेका छन् । उनले लेखेका छन्, ‘आज भोलि तिमी हरुको काहानिमा तेति दम हुदैननि त तेसैले धेरै जसोले तेति केयर गर्दैनन् ।’

सक्किगोनीका मधुसुदन पाठक ‘सीते बा’ काठमाडौं क्षेत्र नं ५ बाट अहिले चुनावी मैदानमा छन् । उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनाव भिड्दैन छन् । उनीसँगै कुमार कट्टेल जिग्री पनि झापाबाट चुनाव लड्ने भनेका थिए । तर, उनले उम्मेदवारी भने दिएनन् ।

 

 

  • October 21, 2022 प्रकाशित
  • सम्बन्धित