हात जाेड्दै भोट माग्दै शेरधन दम्पती : कहिले जाङ्मु अघिअघि कहिले शेरधन (तस्वीरहरू)
  • मूलधार

काठमाडौं । नेकपा एमालेबाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरबाट शेरधन राई चुनावी मैदानमा छन् । उनीसँग गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराती प्रतिस्पर्धामा छन् ।

अहिले दुवै चुनावी अभियानमा व्यस्त छन् । तर, किरातीभन्दा राईको चुनावी प्रचारप्रसार भने व्यापक देखिन्छ । राईसँगै धर्मपत्नी जाङ्मु इएनन शेर्पा राई पनि प्रचारप्रसारमा खटिइरहेकी छन् । उनी पति राईलाई जसरी पनि जिताउन कम्मर कसेर लागेकी छन् ।

चुनावी अभियानमा जनतासँग मत माग्न कहिले जाङ्मु अघि पुग्छिन् त कहिले शेरधन । दुवैले भोट सुर्यलाई भन्दै मागिरहेका छन् । उनीहरुसँगै अघिपछि कार्यकर्ता पनि भोट मागिरहेका छन् ।

  • October 20, 2022 प्रकाशित
  • सम्बन्धित