केपी ओलीका हरेक कुराहरु लजिकल लाग्छ, ‘बा’ सँग चियापान गर्न मन छ : ज्योति मगर
  • मूलधार

काठमाडौं । ‘तपाईलाई सबैभन्दा मन पर्ने राजनीतिज्ञचाहिँ कोहिँ हुनुहुन्छ ?’ प्रस्तोताले प्रश्न गर्छन् । गायिका ज्योति मगर उत्तर दिन्छिन्, ‘भलै मान्छेले गफाडी, उखान टुक्के, के के भन्छ । केपी ओलीचाहिँ मलाई लजिकल लाग्छ ।’

गायिका ज्योति मगरले आफूलाई साँच्चिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको राजनीति राम्रो र सही लाग्ने बताएकी छन् । ओलीका हरेक कुरा लजिकल लाग्ने पनि उनले बताएकी छन् ।

उनी भन्छिन्, ‘ओलीको चाहिँ हरेक कुराहरु लजिकल लाग्छन् । भाषण, काम गर्ने शैली, उहाँको कुरा धेरैले बुझ्छन् । माक्र्सवाद, लेनिनवाद सामान्य जनताले बुझ्दैनन् तर, सामान्य बुझ्नुपर्ने कुराचाहिँ ओलीजीबाट मान्छेले बुझ्छजस्तो लाग्छ । उहाँको उखान टुक्कामा रियालीटी पनि लाग्छ । उहाँको कुरामा कहिँ न कहिँ देशभक्ति पनि लाग्छ ।’

ओलीले रेल, घर घरमा ग्याँस चुल्हो ल्याउँछुभन्दा गफाडी भनिए पनि यथार्थमा त्यो गर्न सकिने काम पनि भएको उनले बताइन् । हवाइजहाज उडाउने राइट दाजुभाइको कुरा गर्दै उनीहरुले पनि चराको परिकल्पना गरेर सपना पूरा गरेको पनि उनले सुनाइन् ।

यसै सिलसिलामा ख्याल ठट्टा गर्दै अध्यक्ष ओलीसँग चियापान गर्न पनि मन भएको उनले बताइन् । उनले भनिन्, ‘होइन, मलाई बाँसग मलाई चियापान गर्न त मन छ । मैले सुनेको कतिपय नेताहरुलाई भेट्न एपोइन्टमेन्ट लिनपर्छ रे तर, केपी ओलीजीलाई चाहिँ भेट्न रातको ३ बजे पनि कार्यकर्तालाई भेट्न दिनुहुन्छ रे । कामप्रति डेडिकेसन हुन त जरुरी छ ।’

नेपाली पोडकास्टमा कुराकानीको क्रममा राजनीतिले नै परिवर्तन ल्याउने पनि उनले बताएकी छन् । ढुंगे युगबाट आजसम्म आइपुग्नु राजनीति नै भएको तर, फोहोरी राजनीतिले नेपाल बिग्रेको पनि उनले बताइन् ।

  • October 20, 2022 प्रकाशित
  • सम्बन्धित