शेरधनलाई सुदनको जवाफ– ‘जति गर्नुभयो अब त्योभन्दा बढी गर्न सक्नुहुन्न’
  • मूलधार

भोजपुर । नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य एवं आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरबाट गठबन्धनका उम्मेदवार सुदन किरातीले प्रतिपक्षी एमालेका उम्मेदवार शेरधन राईले आफूमाथि लगाएको आरोपको घुमाउरो जवाफ फर्काएका छन् ।

केही दिनअघि एमाले नेता शेरधन राईले ‘दुई–दुई पटक सांसद भएर पनि सुदन किरातीले केही गर्न नसकेको’ भनेर लगाएको आरोपमा किरातीले राईले कार्यकालमा जति गरे अब त्योभन्दा केही गर्न नसक्ने भन्दै घुमाउरो जवाफ फर्काए ।

बिहीबार भोजपुरको हतुवागढी गाउँपालिकाको केन्द्र (घोरेटारमा) आयोजित गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै किरातीले भने, ‘मेरो प्रतिस्पर्धीले जति गर्नुभयो अब त्योभन्दा बढी गर्न सक्नुहुन्न ।’

अहिले जनतालाई खच्चडको हैन १२ चक्के ट्रकको आवश्यकता रहेको पनि किरातीले बताएका छन् । अबको जमाना भनेको बुलेट रेलको हो । ट्याक्टरले बोक्ने भारी खच्चडलाई बोकाएर हुँदैन’ किरातीले भने ‘बुलेट रेलको जमानामा खच्चडको उपयोगिता हुन सक्दैन ।’

किरातीले शेरधन राईसँग जनताको कुरा संसद्मा पुर्याउने हिम्मत छ कि छैन भनेर पनि प्रश्न गरको छन् । आफूले जनताको शीर ठाडो पारेर संसद्मा निर्धक्क बोलेको पनि उनले बताए ।

उनले भने, ‘शेरधनीसँग जनताको कुरा संसदमा पु¥याउने हिम्मत छ कि छैन ? तर, मैले जनताको समस्यालाई जहिल्यै शिर ठाडो पारेर निर्धक्क किन बोलिरहें, किनभने मसँग त्यो नैतिक बल छ ।’

यसैगरी किरातीले आफ्नो कार्यकालमा रानीटार–चखेवा सडकखण्डको ९२ किलोमिटर कालोपत्रे र रानीटार हुँदै सुनबालुवा, अरुण, साल्पासम्मको सडक कालो पत्रेका योजना पार्न सफल भएको पनि बताए ।

  • October 20, 2022 प्रकाशित
  • सम्बन्धित