काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल परिवार दलका अध्यक्ष एवं एमालेबाट समानुपातिकतर्फ आगामी प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकनाथ ढकाल ‘होली वाइन’का प्रचारक नभएको बताएका छन् ।
बुधबार एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा अध्यक्ष ओलीले होली वाइनको प्रचारक ढकाल नभएर एमाले नेता भीम रावल भएको बताएका हुन् ।
अध्यक्ष ओलीले ढकालले अहिलेसम्म होली वाइनको एक शब्द वाचन गरेको पनि नसुनेको बताए । तर, भीम रावल होली वाइनको विषयमा बोलेको पनि उनले बताए ।
अध्यक्ष ओलीले भने, ‘होली वाइनका प्रचारक एकनाथ ढकाल होइन, भीम रावल होला । एकनाथ ढकालले होली वाइन भनेर एक शब्द मैले सुनेको छैन । भीम रावलले बोलेको होला होली वाइन भनेर । कुनै चिजलाई आलोचना गर्नु, असहमति राख्नु एउटा कुरा हुन्छ त्यसलाई विकृत रुपमा प्रस्तुत गर्नुचाहिँ जायज होइन । यो होली वाइनको प्रसंग पनि विकृत रुपमा प्रस्तुत गर्नुजस्तो लाग्छ मलाई ।’
देश धार्मिक सहिष्णुता भएकाले आआफ्नो स्वतन्त्र रहेको पनि उनको भनाइ । उनका अनुसार आस्थाप्रति खेलवाड गरिएका सह्य हुँदैन ।
को हुन् ढकाल ?
राजनीतिमा पनि छलाङ मार्ने ढकाल नेपालमा क्रिश्चियन धर्म प्रचारक हुन् । आफूलाई वास्तविक क्रिश्चियन दाबी गर्ने उनी कोरियाली धर्मगुरु सन म्योङ मुनले स्थापना गरेको युनिफिकेसन चर्चमा आबद्ध छन् । नेपालमा उक्त चर्चलाई युनिभर्सल पिस फेडरेसन (यूपीएफ) नामले चिनिन्छ । ढकाल सामाजिक संस्थाको नाममा धार्मिक गतिविधि गर्दै आइरहेका छन् ।
सबैलाई थाहै छ– तत्कालीन केपी ओली नेतृत्वको सरकारले ‘होली वाइन सम्मेलन’ मा राज्यकोषबाट चार करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसको सबैले घोर भत्र्सना पनि गरे । होली वाइनमा दक्षिण कोरियाली धर्मगुरु हाक जा हान मुन सहभागी थिइन् । उनले आफूलाई जिसस क्राइसकी छोरी भनेर पनि स्वघोषणा गरेकी थिइन् । प्रधानमन्त्री ओलीले उक्त सम्मेलनमा एक लाख डलर राशिको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेका थिए । यी सबै कामको चाँजापाँजो उनै ढकालले मिलाएका थिए ।
२०६४ सालको पहिलो संविधानसभा चुनावअघि नेपाल परिवार दलको नाममा पार्टी खोलेर एकनाथ राजनीतिमा प्रवेश गरेका हुन्। त्यसपछि उनी नेपाली राजनीतिमा सक्रिय रुपमा अघि बढिरहेका छन् ।