ओलीसँग फोनमा बात मार्न १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र फोन नम्बर टिपाए
  • मूलधार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा बात मार्नका लागि १ लाख १३ हजार जनाले नाम र फोन नम्बर टिपाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीले आफूसँग कुरा गर्न धेरै नाम आएकोले नाम टिपाउने समय भोलि (बिहीबार) दिउसो १२ बजेसम्म मात्र निर्धारण गरेको पनि बताएका छन् ।

अध्यक्ष ओलीले मंगलबार साँझ कात्तिक ४ गते आफुसँग टेलिफोनमा संवाद गर्न चाहने सर्वसाधारणलाई फोन र नाम टिपाउन आह्वान गरेका थिए । सोही समयतालिकाअनुसार बुधबार पौने चार बजे १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको ओलीले फेसबुकमार्फत जानकारी दिएका छन् ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं । नाम र नम्बर त टिपाउनु भयो नि ?’

  • October 19, 2022 प्रकाशित
  • सम्बन्धित