सन्दीपलाई थप चार दिन हिरासत राख्न अदालतको अनुमति
  • मूलधार

काठमार्डौं । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो । यससँगै अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ ।

गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुनेगरी पहिलोपटक २४ असोजमा ७ दिनको म्याद थप गरेको थियो ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका सन्दीपमाथि गत भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो ।

  • October 19, 2022 प्रकाशित
  • सम्बन्धित