पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्ने मागसहित संघर्षशील मधेसी मोर्चाको प्रदर्शन
  • मूलधार

काठमाडौं । प्रत्यक्ष निर्वाचन प्रणाली महंगोमात्र नभई यस्ले देश लुट्ने धन्दा चलाइरहेकोले अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिनुपर्ने मागसहित संघर्षशील मधेसी मोर्चा प्रदर्शनमा उत्रिएको छ ।

मंगलबार माइतीघर मण्डलमा मोर्चाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेर देश लुट्ने काम बन्द गर्नुपर्ने माग राख्दै अब प्रदर्शनमा उत्रिएको हो ।

 

प्रदर्शनका अगुवाकर्ता कैलाश महतोले भने, ‘छोराछोरीको अभिभावक नै कमजोर छ उसको छोराछोरी भ्रष्ट हुन्छ । मतलब जुन देशको नेता, सरकार भ्रष्ट छ उनीहरुबाट हामीले के सिक्ने ? त्यसैले अब यो निर्वाचन प्रणाली सुध्रिन जरुरी छ ।’

महतोले अहिले देशमा भइरहेको व्यथिती, भ्रष्टाचार, अन्याय, अत्याचार सबै राज्यले नै निर्माण गरेको पनि बताएका छन् । साथै, एउटै वंश, एउटै जातिले राज्य चलाउने नाममा दोहन गरेको पनि उनले बताए ।

उनले भने, ‘२ सय ५३ वर्षदेखि एउटै वंश, एउटै जातिले राज्य चलाइरहेको छ । प्रत्येक जातजातिले अब प्रतिनिधित्व गर्न पाउनुपर्छ । र, राज्यबाट जुनजुन वर्ग, जातिलाई बहिष्कृत गरेको छ उनीहरुको जनसंख्याको आधारमा संसद, सत्ता वा राज्यको हरेक निकायमा समावेशीता अपनाउनुपर्छ ।’

 

  • October 18, 2022 प्रकाशित
  • सम्बन्धित