पोखरा । अहिले पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जारी छ । प्रतियोगिताअन्तर्गतका विभिन्न खेलहरुमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिता चलिरहेकै अवस्थामा केही खेलाडीले ज्यान पनि गुमाएका छन् भने केही खेलाडीहरु सख्त घाइते भएका छन् । खेल जारी रहेको अवस्थामा केही अप्रिय घटना घटेपनि पोखरा रंगशालाको दृश्य भने मनमोहक देखिन्छ ।
खेलाडीहरुको शीरमै माछापुछ्रे उभिएकाे देखिन्छ भने खेलाडीहरुले साथमै माछापुछ्रे हिमाल पनि बोकेर चलायमान भएजस्तो देखिन्छ ।
तस्वीर : रासस