काठमाडौं । हास्य टेलिशृंखला ‘मेरी बास्सै’ का हास्यकलाकार एवं वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् । निमोनिया समस्याका कारण स्वास्थ्यमा समस्या आएपछि अधिकारीलाई उपचारका लागि चाबहिलको मेडिकेयर अस्पतालमा भर्ना गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार अधिकारीको स्वास्थ्यमा सुधार भएको छ । स्वास्थ्यमा सुधारसँगै उनलाई आइसियुबाट वार्डमा सारिएको बताइएको छ । ६८ वर्षीय अधिकारीको स्वास्थ्य सुधार हुन केही दिन लाग्ने भएपछि अझैँ केही दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकले सल्लाह दिएको छ ।
वरिष्ठ कलाकार अधिकारीले थुप्रै नेपाली चलचित्र, म्युजिक भिडियो, टेलिशृंखलामा अभिनय गरेका छन् । अधिकारीलाई सबैले चिन्ने नाम ‘काजी साप’ हो ।