काठमाडौं । अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग धुमधामका साथ विवाह बन्धनमा बाँधिने भएका छन् । सोमबार काठमाडौंमा शोभितले छोरा सलोन अभिनित चलचित्र ‘मीलन’को पत्रकार सम्मेलनमा सलोनको विवाह धुमधामका साथ यहिँ मंसिरमा गर्ने सुनाए ।
सोभितका अनुसार सलोनको विवाह मंसिर १२ गते हुनेछ । अहिले सलोनको परिवार विवाहको चाँजोपाँजो मिलाउन खटिरहेको छ । सोभितले पत्रकारलाई जानकारी दिएअनुसार मंसिर १० र ११ गते चन्द्रागिरि रिसोर्टमा मेहेन्दी उत्सव चल्ने छ भने १२ गते पातले वनमा सलोनको विवाह हुनेछ । बिहेको दुई दिनपछि अर्थात् मंसिर १४ गते काठमाडौंको एक पाँचतारे होटलमा रिसेप्सन पार्टी दिइनेछ ।
सोमबार पत्रकारसँग शोभितले टट्टा पनि गरे । उनले छोरा सलोनले बिहे गर्दा आफूलाई बुढो भएको टेन्सन हुने भन्दै ख्यालठट्टा गरे । साथै, सोभितले तिहारलगत्तै छोरा सलोनलाई लिएर ‘लोकेसन हन्टिङ’ चलचित्र छायाँकनका लागि मनाङ जाने पनि सुनाए ।