आरोहण अनुमतिका लागि मात्र भोलि ११ बजेदेखि दिउँसो २ बजेसम्म एनएमएको कार्यालय खुला
  • मूलधार

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) ले कात्तिक १ गते (भोलि)सार्वजनिक बिदाका दिन आरोहण अनुमति जारी गर्ने कार्यका लागि मात्र कार्यालय ३ घण्टा खुला गर्ने भएको छ ।

सोमबार एनएमएका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले विज्ञप्ति जारी गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक मनाउन भोलि सार्वजनिक बिदा भएको हुँदा आरोहण अनुमती जारी कार्यका लागि मात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म कार्यालय खुला हुने जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधननको शोकमा नेपाल सरकारले मिति २०७९ कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा यस संघको केन्द्रीय सचिवालय, नागपोखरी, नक्साल, काठमाडौंमा उक्त दिन संघले व्यवस्थापन गरिहेको हिमचुलीहरुको आरोहण अनुमति जारी कार्यका लागि मात्रै बिहान ११ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने सबैमा जानकारी गराइन्छ ।’

१९७३ नोभेम्बर १ मा स्थापना भएको एनएमए गैरसकारी, गैर–नाफामूलक र गैरराजनीतिक संस्था हो। एनएमए एकमात्र राष्ट्रिय अल्पाइन क्लब हो जस्ले नेपालका २७ हिमाल चुचुरोमा आरोहण अनुमति जारी गर्ने अधिकार प्राप्त गरेको छ। यससँगै एनएमएले हिमाली पर्यटन प्रवर्द्धन, पर्वतारोहण खेलकुद, हिमाली वातावरण संरक्षण र हिमाली जनताको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।

 

  • October 17, 2022 प्रकाशित
  • सम्बन्धित