प्रेम, विछोड र मिलनको कथा भन्ने १० उत्कृष्ट ‘रोमान्टिक’ चिनियाँ चलचित्र
  • चाङ रुई

तेस्रो लुसान अन्तर्राष्ट्रिय रोमान्स फिल्म सप्ताहको समयमा चाइना फिल्म फाउन्डेसन र चाइना फिल्म क्रिटिक्स एसोसिएसनले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएपछि चिनियाँ सिनेमाका १० उत्कृष्ट रोमान्टिक फिल्महरूको सूची प्रस्तुत गर्यो। चीनले निर्माण गरेका सबै रोमान्टिक चलचित्र (कल्पनाशील, भावुक, प्रेमसम्बन्धी, स्वच्छन्दतावादी) प्रतिबिम्बित गर्न १३ चलचित्र विशेषज्ञ र समीक्षकहरूलाई जिम्मेवारी दिइयो। उनीहरूले मिडियाको ध्यान, सामाजिक सञ्जालमा मानिसहरूको छलफल, समीक्षकहरूको समीक्षा, पुरस्कार, शैक्षिक मूल्य र चिनियाँ चलचित्रको इतिहासमा चलचित्रहरूको महत्वलाई विचार गरे।

चाइना फिल्म क्रिटिक्स एसोसिएसनका अध्यक्ष राओ सुक्वाङका अनुसार घरेलु रोमान्टिक चलचित्रहरूले चिनियाँ जनताको समृद्ध र नाजुक भावनात्मक संसारलाई देखाउँछ र चिनियाँ चलचित्र निर्माताहरूको सांस्कृतिक विश्वास पनि देखाएको छ। साथै, यी चिनियाँ चलचित्र इतिहासको विभिन्न चरणका रोमान्टिक चलचित्रहरूको प्रतिनिधि पनि हुन्। आज यहाँ तिनै १० चलचित्रबारे गन्थन गरिएको छ । कस्ता छन् त यी चलचित्रहरु :

१. फाइभ गोल्डेन फ्लाओस (१९५९)

वाङ जियाईद्वारा निर्देशित रोमान्टिक चलचित्र कमेडीले मार्च स्ट्रीट फेस्टिभलमा जिन्हुआ (याङ लिकुन) नामक केटीलाई भेट्ने आह फेङ (मो जिच्याङ्) को कथा बताउँछ । जसलाई बाई जातिको सबैभन्दा भव्य चाडहरू मध्ये एक तेस्रो चन्द्र मेला भनेर पनि भनिन्छ। योे युनान प्रान्तको तालीमा रहेको जातीय समूहको मेला हो।

याङ र आह आउँदो वर्षको मेलामा भेट्न जाँदै छन्। चलचित्रमा जब आह पेmङले जिन्हुआ नामक चार अन्य केटीहरू फेला पार्छ । चारै जना केटीको नाटकीयपनको कठिनाइको सामनाका बाबजुद उस्ले आफूले मन पराएको एक जनालाई पत्ता लगाउनै पर्छ। यो चलचित्रले सुन्दर प्रेमकथा मात्र नभई युनान प्रान्तको सुन्दर जीवन, जातीय लोक संस्कृति र दृश्यहरू पनि देखाएको छ।

२. रोमान्स अन लुसान माउन्टेन (१९८०)

हुवाङ जुमोद्वारा निर्देशित रोमान्टिक ब्लकबस्टर चलिचत्र ‘रोमान्स अन लुसान माउन्टेन’ मनोरञ्जन क्षेत्रमा एक कोशेढुङ्गा सावित चलचित्र हो । किनकि यो यस्तो प्रथम चिनियाँ चलचित्र थियो जुन १९७० को दशकको अन्तमा सुधार र खुलापन पछि बनेको थियो । चलचित्रमा चुम्बन दृश्यलाई पहिलोपटक समावेश गरिएको छ । यो चलचित्रले चीनको घरेलु चलचित्र उद्योगको लागि नयाँ युगको सुरुवात गर्न सफल भएको थियो ।

यो चलचित्रले एक सेवानिवृत्त कुवोमिन्ताङ जनरलकी छोरीको कथा बताउँछ। उनी अमेरिकाबाट पूर्वी चीनको च्यायाङ्सी प्रान्तको लुसान माउन्टेन भ्रमण गर्न फर्किएकी छन् । र त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) जनरलका छोरासँग प्रेममा पर्छिन्।

तर कथा यतिमै सीमित छैन । अहिले पनि यो चलचित्र उत्तिकै हिट छ । चलचित्रमा रोमान्ससँगै लुसान पर्वतका रमणीय स्थलको गजब्ब छायांकन गरिएको छ । लुसानलाई प्रेमजोडीका लागी एक पवित्र स्थान पनि भनिएको छ। गिनिज वल्र्ड रेकर्ड्सबाट २००२ मा एक सिनेमा जुन सबैभन्दा लामो समयसम्म चलेको प्रमाणपत्र यो चलचित्रलाई प्रदान गरेको छ ।

३. एन अटम टेल्स (१९८७)

मापेल चुवाङद्वारा निर्देशित र उनको पार्टनर एलेक्स ल द्वारा लिखित यो फिल्मले हङकङकी एक सोझी अनि सरल युवतीको कथा बताउँछ । उनी अध्ययन गर्न न्यूयोर्क जान्छिन् र आफ्नो प्रेमीसँग पुनर्मिलन गर्छिन् । त्यो ठूलो शहरमा उनको काकाले हेरचाह गर्छन् ।

सोझी ती युवतीले जब थाहा पाउँछिन् कि उनको प्रेमी अविश्वासी छ । त्यसपछि उनले सम्बन्धलाई रोक्छिन् । तर यसैबेला उनलाई एकजना आफन्त ‘बिग एप्पल’ बनेर आउँछन् । र, नयाँ जीवन सुरुवात हुन्छ । उनीहरु घनिष्ठ हुन्छन्, एकअर्काप्रति पूर्ण समर्पित हुन्छन् । यो चलचित्र विदेशी भूमिमा एक अपरिचित व्यक्तिको बारेमा भनिएको रोमान्टिक सहरी कथा हो, जसले विदेशी चिनियाँहरूको जीवनको झलक दिन्छ।

यसमा दुई प्रमुख कलाकारहरू रहेका छन्– चाउ युन(फ्याट र चेरी चुङ । यो चलचित्र रमाइलो, मन छुने र उत्तिकै पीडादायी पनि छ ।

४. सेक्रेट लभ इन पिच ल्बोजम ल्याण्ड (१९९२)

यो चलचित्र ताइवानको चर्चित नाट्य निर्देशक तथा नाटककार स्टान लाइको फिल्म निर्माणमा पहिलो प्रवेश हो । चलिचत्रले ब्रिजिट लिन, राजा शिह–चिह र कु पाओ–मिङको कथा भन्छ । ‘सिक्रेट लभ’ सांघाई र ताइपेईको समकालीन परिवेशमा एक दुखद रोमान्टिक नाटक पनि हो । यो चलचित्र फिल्म र स्टेजबीचको एक अद्वितीय हाइब्रिड त हुँदै हो र एसियाली सिनेमाको एक रत्न पनि हो ।

५. चुङकिङ एक्सप्रेस (१९९४)

हङकङ फिल्म उद्योगका ग्रान्डमास्टर वोङ कार–वाइद्वारा निर्मित ‘चुङकिङ एक्सप्रेस’ दुईवटा हङकङ पुलिसकर्मीहरूको बारेमा देखाउन खोजिएको फिल्म हो। पहिलो पुलिस जसले आफ्नो पाँच वर्षको प्रेमिकासँग ब्रेकअप गरेको छ । ऊ एक रहस्यमय महिलाको चेहरा र शरीरमा लठ्ठिन्छ । दोस्रो पुलिस जसले आफ्नो उडान परिचारिकासँग ब्रेकअप गर्छ ।

हराएको प्रेमको बारेमा बताउने यो चलचित्र काव्यात्मक, सुन्दर र डरलाग्दो छ। प्रेम सबैभन्दा अचम्मको र परम पहेली हो र त्यो चलचित्रमार्फत देखाइको छ ।

६. अ चाइनिज ओडिसी (१९९४)

‘किङ अफ कमेडी’ स्टीफन चाउको दुई–भागको काल्पनिक फिल्म श्रृंखला ‘ए चाइनिज ओडिसी’ जुन जेफरी लाउद्वारा निर्देशित रहेको छ । यो एक पुरानो कल्ट क्लासिक चलचित्र पनि हो। चलचित्र चाइनिज प्राचीन क्लासिक (परम्परागत) ‘जर्नी टू द वेस्ट’ मा आधारित ।

जब यो रिलिज भयो, धेरैले बुझेका थिएनन् कि फिल्महरूले के सन्देश दिन खोजिरहेका हो । सुरुमा त आलोचक र दर्शकहरूले ‘ए चाइनिज ओडिसी’ लाई घृणा गरे । यो चलचित्र १९९४ र १९९५ को चिनियाँ बक्स अफिसमा असफल भयो । तर पछि यसले नयाँ जीवन पायो । १९९६ पश्चात् जब टिभी, भीएचएस, भीसीडी र अनलाइनको जमाना आयो नयाँ पुस्ताले चलचित्रका पात्रहरू र हराएको प्रेमको कथासँग प्रतिध्वनि पाए । नयाँ पुस्ताको शब्दावलीलाई परिभाषित गर्दै सन् २००० को दशकमा चलचित्रले तहल्का पिट्यो ।

७. कमरेड, अलमस्ट अ लभ स्टोरी (१९९६)

पिटर चानले बनाएको यो फिल्म हङकङमा बनेको हो । अद्भुत भावनाले भरिएको यो चलचित्रको कथाले हङकङमा बसोबास गर्ने दुई चिनियाँ (मुख्य भूमिवासी) को घनिष्ठ मित्रताबारे भन्छ । उनीहरुले बाँच्न संघर्ष गरिरहेको कुरा चलचित्रले बताउँछ। एक दशकपछि उनीहरुको त्यो घनिष्ठ मित्रता प्रेममा बढ्छ, तर समस्याहरू उत्पन्न हुन्छन् किनभने तिनीहरूको जीवन विगतजस्तै गरीबीले गाँजेको हुन्छ । यो एक अ‍ेनकन् समस्याका बाबजुद पनि कसरी प्रेम गरिन्छ भन्ने देखाउन खोजिएको प्रेम कथामा आधारित चलचित्र हो।

८. द रोड होम (१९९९)

सुन्दर ढंगले छायांकन गरिएको यो चलचित्र चीनको सबैभन्दा प्रसिद्ध निर्देशक चाङ यिमोउले निर्माण गरेका हुन् । ‘द रोड होम’ एक सरल, मन छुने, कोमल र पुरानो जमानाको प्रेमकथा यसको शुद्ध रूप हो। आफ्नो बुबाको मृत्यु र आमाको शोकबाट प्रेरित, पारिवारिक भेट र प्रेमीप्रेमिकाको भेटलाई चलचित्रले मर्मस्पर्श ढंगले देखाउन खोजेको छ ।

९. ए लिटिल रेड फ्लाओर (२०२०)

हान यानद्वारा निर्मित ‘ए लिटिल रेड फ्लावर’ चलचित्र जीवन र मृत्युको चित्रण गर्ने विचारशील चलचित्र हो । हानले गम्भीर बिरामी व्यक्तिहरू, तिनीहरूका परिवारहरू र उनीहरूले मृत्युसँग कसरी सामना गर्छन् भन्ने कथालाई पछ्याएका छन् । विशेष गरी दुई युवा नायकहरू, चीनको हार्टथ्रोब ज्याक्सन यी र अभिनेत्री लिउ हाओचुनको भूमिका चलचित्रमा देखाइएको छ । उनीहरु प्रेममा पर्छन् र एकअर्कालाई समर्थन गर्न संघर्षरत छन् । २०२० मा विकराल बनेको कोभिड–१९ महामारीको असर बडो हृदयविदारक र हृदयस्पर्शी ढंगले फिल्ममार्फत देखाइएको छ ।

१०. बी फर बीजी (२०२१)

सन् २०२१ मा बनेको ‘बी फर बीजी’ चलचित्र युवा लेखक शाओ यिहुईद्वारा लिखित र निर्देशित रहेको छ । चलचित्रमा निर्देशक–अभिनेता सु चङ, वू यूए, मा यिली र नि होङ्चीले अभिनय गरेका छन्। चलचिले मध्यम उमेरका महिला र पुरुषहरूबीचको प्रेम, सम्बन्ध, दुविधा र मित्रताको अन्वेषण गर्दछ।

  • October 14, 2022 प्रकाशित
  • सम्बन्धित