कृष्णप्रसाद सिटौलाले लेलान् राजेन्द्र लिङ्देनसँग पाँच वर्ष अघिको बदला ?
  • मूलधार

काठमाडौं । नेपाल प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा–३ मा रोचक प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष लिङ्देन र नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई उम्मेदवार दोस्रो पटक आमनेसामने हुँदै छन् । सिटौंला सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् भने लिङ्देन एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हुन् ।

लिङ्देन र सिटौलाबीच ०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । सिटौलालाई पराजित गर्दै लिङदेन निर्वाचित भएका थिए ।

०७४ को चुनावमा सिटौलाले ३१ हजार एक सय ५९ मत ल्याउँदा लिङ्देनले ४४ हजार छ सय १४ मतसहित बिजयी भएका थिए। त्यो बेला लिङदेनलाई एमाले र माओवादी केन्द्रको साथ थियो । यसपालि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धनमा छन् ।

झापा–३ मा लिङ्देन वा सिटौलामध्ये कसले जित्छ भन्ने सहजै अनुमान लगाउन सकिन्न । दुबै हेबी वेट उम्मेदवार हुन् ।

झापा क्षेत्र नम्बर ३ मा गत स्थानीय चुनावमा कांग्रेसले २१ हजार सात सय ३५ मत ल्याएको थियो । दोस्रोमा एमालेले १७ हजार छ मत ल्याएको थियो । यहाँ लिङ्देनको दल राप्रपा भने तेस्रो शक्ति हो । राप्रपाले स्थानीय चुनावमा झन्डै एमालेकै जति मत ल्याएको छ, १६ हजार ९ सय २७ मत ।

माओवादी केन्द्र, जसपा, लोसपालगायत दलले धेरै मत ल्याएका छैनन् । माओवादीले जम्मा चार हजार आठ सय ३५ मत ल्याएको थियो । जसपाले चार सय ७४ र लोसपाले दुई सय ८ मत मात्रै ल्याएका थिए । यहाँ नेकपा एकीकृत समाजवादीले जम्मा १२ मत ल्याएको देखिन्छ ।

स्थानीय चुनावमा एमाले र राप्रपाले ल्याएको मत जोड्दा भने झापा ३ मा सिटौलालाई अप्ठेरो पर्ने देखिन्छ । एमाले र राप्रपाको मत जोड्दा ३३ हजार ९ सय ३३ पुग्छ । जबकी सत्ता गठबन्धनको मत जोड्दा २८ हजार हाराहारी देखिन्छ ।

  • October 14, 2022 प्रकाशित
  • सम्बन्धित