ताइयुवान (सिन्ह्वा) । चीनले बिहीबार बिहान उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट विपद् न्यूनीकरण, आपतकालीन व्यवस्थापन र वातावरण अनुगमनका लागि नयाँ भूउपग्रह प्रक्षेपण गरेको छ।
स्याटेलाइट S-SAR01 बोकेको लङ मार्च-२ सी रकेट बिहान ६:५३ बजे (बेइजिङ समय) उडेको थियो। उपग्रह पूर्व निर्धारित कक्षमा प्रवेश गरेको छ। यसको प्राथमिक प्रयोगकर्ताहरू आपतकालीन व्यवस्थापन मन्त्रालय र इकोलोजी र वातावरण मन्त्रालय रहेका छन्।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार ५मिटर रिजोल्युसन एस–ब्यान्ड रडार छवि डेटा प्राप्त उपग्रहले प्रकोप रोकथाम, न्यूनीकरण, राहत, र वातावरण संरक्षणलाई सहयोग पुर्याउनेछ। यसले प्राकृतिक स्रोत, जल संरक्षण, कृषि, वन, भूकम्प र अन्य क्षेत्रमा पनि सेवा दिनेछ ।
बिहीबारको प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाको ४४३औँ मिसन हो ।
-तस्वीर: सिन्ह्वा