उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङले दायर गरे सर्वोच्चमा रिट
  • मूलधार

काठमाडाैं । सर्वोच्च अदातलमा रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध रिट निवेदन दायर गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले आज सो रिट निवेदन दायर गरेका हुन्।

रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सो रिट निवेदन दर्ता भएको छ । शुक्रबारका लागि पेशी तोकिएको छ ।

  • October 13, 2022 प्रकाशित
  • सम्बन्धित