मण्डला थिएटरले माग्यो कलाकार, इच्छुकले असोज ३० गतेसम्म नाम टिपाउन सकिने
  • मूलधार

काठमाडौं । मण्डला थिएटर नेपालले ‘कुभिण्डेको कथा’ नाटक निर्माणका लागि कलाकार माग गरेको छ । लोक संस्कृतिमा रूचि भएका, नाच्न गाउन जान्ने र दुई महिना समय दिन सक्ने इच्छुक कलाकारले आगामी असोज ३० देखि दिउँसो १२ बजेसम्म मण्डला थिएटर नेपालको कार्यालयमा फोन गरेर नाम टिपाउन सकिने छ ।

नाम टिपाउनका लागि मण्डलाको कार्यालयमा बिहान १० देखि बेलुकी ५ बजेसम्म सम्पर्क गर्न सकिनेछ। नाम टिपाउने कलाकारलाई मात्र अडिसनका लागि बोलाइनेछ । अडिसन असोज ३१ गते मण्डलमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ ।

सुदूर पश्चिम नेपालको लोक संस्कृतिमा रूचि भएका र फरक शारीरिक क्षमता भएका तालिम प्राप्त कलाकारहरुलाई अडिसन दिनका लागि विशेष प्रोत्साहन गरिने पनि बताइएको छ ।

  • October 13, 2022 प्रकाशित
  • सम्बन्धित