एमाले छाड्दिन, एमालेमै रहेर संघर्ष गर्छु, निर्वाचनमा योग्य उम्मेदवारलाई सघाउछु : भीम रावल
  • मूलधार

काठमाडौं। पार्टीले टिकट नदिदैमा कुनै गुनासो नगरी पार्टीमै रहेर संघर्ष गर्ने नेकपा एमालेका नेता डा. भीम रावलले बताएका छन् । बिहीबार काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन गरेर उनले टिकट नदिइदैमा कुनै गुनासो नभएको र पार्टीमै रहेर संघर्ष जारी राख्ने बताएका हुन् ।

नेता रावलले आफू पार्टी छाडेर नजाने पनि बताएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीले इगो साँध्दै रावलको टिकट खोसेर नेकपा माओवादीबाट एमालेमा भित्रिएका झपट रावललाई टिकट दिएपनि रावलले टिकट खोसिदैमा पार्टी नछोड्ने बताए ।

उनले भने, ‘मलाई टिकट नदिएको विषयमा मेरो गुनासो छैन, तर पार्टीभित्र नीति र विधि उल्लंघन भएको र स्वेच्छाचारिता लादिएकोमा प्रश्न उठाएको हुँ ।’

नेता रावलले आफूलाई हराउन नसकिने बुझेपछि टिकट नै खोसिएको पनि बताएका छन् । यद्यपि, आगामी निर्वाचनमा जस्ले टिकट पाए पनि योग्य उम्मेदवारलाई निर्वाचनमा जिताउन पनि सघाउने उनले बताए ।

तस्वीर : महेश्वर के‍‍.सी.

 

 

  • October 13, 2022 प्रकाशित
  • सम्बन्धित