दावाको अंगालोमा पहिले नम्रता, अब रिया
  • मूलधार

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठसँग औपचारिक रुपमै ब्रेकअप भएको उनका प्रेमी दावा स्टिभन शेर्पाले बताएका छन् । नम्रतासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुंगिएको उनले सामाजिक सञ्जाल  इन्स्टाग्राममार्फत् भनेका छन् ।

नम्रतासँगको प्रेम टुंग्याउँदै दावा नयाँ प्रेमिकाका साथ देखा परेका छन् । उनले फेसबुकमा माइ लाइफ भन्दै रिया श्रेष्ठसँग सम्बन्ध सुरु गरेको भनेर लेखेका छन् ।

नयाँ सम्बन्ध सुरुवातसँगै दावा र रिया गत साता इटालीको मिलानमा डेटमा गएका थिए । नम्रता भने चलचित्र सुटिङका क्रममा हातको औंला भाँच्चिएर आराम गरिरहेकी छन् । उनी अब चाँडै नयाँ चललिचत्र ‘ग्रहण’ सुटिङको तयारीमा छिन् ।

 

View this post on Instagram

 

A post shared by Dawa Steven Sherpa (@dawasteven8000m)

  • October 12, 2022 प्रकाशित
  • सम्बन्धित