आहा ! वर्षापछि खुलेको ‘माछापुच्छ्रे मोडल ट्रेक’ (भिडियो/तस्वीरहरु)
  • मूलधार

&show_text=false&width=560" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowFullScreen="true">
  • तस्वीर/भिडियो : छिरिङ् जाङ्बु शेर्पा

काठमाडौं । पर्यटनको सिजन सुरु हुनासाथ भरिभराउ हुने ‘माछापुच्छ्रे मोडल ट्रेक’ मा वर्षाका कारण खासै पर्यटकहरुको चाप देखिँदैन । बेमौसमी वर्षाले पर्यटनमा केही धक्का पुर्याए पनि, वर्षाका बाबजुद पनि पर्यटकहरु ट्रेकिङमा गइरहेका छन् । वर्षापछि खुल्दै गएको वातावरण नियाल्दा पर्यटकहरु रमाइलो गर्दै पदयात्रा गरिरहेका छन् ।

‘माछापुच्छ्रे मोडल ट्रेक’ हुदै मार्दी हिमाल आरोहणको लागि पर्यटकहरु आउने गरेतापनि अहिले यो रुट पानी परेकोले छिटफुट पर्यटकहरुमात्र घुम्न गएका छन् । बाह्य तथा आन्तरिक पर्यटनसँगै यो रुट विशेषगरी ट्रायल रनरको तलिम लिनेहरुको लागि धेरै राम्रो मानिन्छ ।

यो रुटबाट ८ हजार मिटरका २ वटा हिमाल मनास्लु र अन्नपूर्ण १ हिमाल नजिकैबाट हेर्न सकिन्छ भने ७ हजार मिटरका हिमालहरु अन्नपूर्ण ४ र २ लमजुङ हिमाल, हिमाल चुलि, बुद्ध हिमाल अन्नपूर्ण दक्षिण र हिमचुलि हिमालहरु देखिन्छ ।

  

 

  • October 12, 2022 प्रकाशित
  • सम्बन्धित