दिपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित
  • मूलधार

पोखरा । कुनै बेलाका चर्चित गुण्डा नाइके भनेर चिनिने दिपक मनाङे उर्फ राजीव गुरुङ मनाङको प्रदेशसभा ‘ख’ को सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

मनाङेसँगै प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामाले उम्मेदवारी फिर्ता गरेसँगै मनाङे निर्विरोध निर्वाचित भएका हुन्।

सुरुमा मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने भनेका थिए भने कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गरेका थिए । तर, एकाएक मनाङले मनोनयन दर्ताअघि गठबन्धन छोडेको घोषणा गरिदिए ।

यता, स्वतन्त्र उम्मेदवार बनेका दोर्जेले पनि बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । भने मुख्य निर्वाचन अधिकृतले आजै मनाङे निर्विरोध निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

२०७४ मा स्वतन्त्र उम्मेदवार बनेका मनाङे एमालेको समर्थनमा चुनावमा जित हासिल गरेका थिए । र, उनी खेलकुल मन्त्री पनि बनेका थिए ।

 

  • October 12, 2022 प्रकाशित
  • सम्बन्धित