काठमाडौं । नेकपा एमाले प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेले उम्मेदवार (टिकट) नबनाएपछि घुमाउरो भाषामा गुनासो पोखेकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दैै एमालेले निर्वाचनमा उम्मेदवार नबनाएपछि घुमाउरो भाषा प्रयोग गरि गुनासो पोखेकी हुन् ।
उनले फेसबुकमा भनेकी छन्, ‘बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ।’
नायिका मानन्धरले आफ विद्रोही स्वभावको नरहेको पनि भनेकी छन् । तर, आज आएर आफूले त्यो महसुस गरेकी पनि उल्लेख गरकी छन् । उनले लेखेकी छन्, ‘बिद्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए । तर आज महसुस हुँदै छ !!’