गायिका बर्तिका एम राई र युगल गुरुङले गरे ‘इन्गेजमेन्ट’
  • मूलधार

काठमाडौं । गायक युगल गुरुङसँग गायिका एवं गीतकार बर्तिका एम राईले इन्गेजमेन्ट गरेकी छन्। केही वर्षदेखि प्रेमसबन्धमा रहेका उनीहरूले पारिवारिक भेटघाट गरेर इन्गेजमेन्ट गरेका हुन्।

युगलले आफूहरुले इन्गेजमेन्ट गरेको इन्स्टाग्राम स्टोरीमा पोस्ट पनि गरेका छन् । उनीहरु दुवैलाई बधाईको ओइरो छ । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक, गायिका हुन्। युगलको ‘यो पर्खाइ’, ‘आफ्नो संसार’, ‘कोठा’, ‘सहारा’, ‘लुकामारी’, ‘कहाँ छौ’, ‘कुरा’ लगायत गीत लोकप्रिय छन् ।

आफैँ गीत लेखेर आफैँ स्वर भर्ने गायिका बर्तिकाको ‘तिमी र म’, ‘नजिक’, ‘उमेर’, ‘बाँकी’, ‘खुसी’, ‘घर’, ‘सम्झना’, ‘खै’ लगायत दर्जनौँ गीत युवा पुस्तामाझ हिट छन् ।

  • October 10, 2022 प्रकाशित
  • सम्बन्धित