काठमाडौं । आफूले पार्टीमा भित्र्याएकाहरुलाई एमालेले टिकट नदिएपछि एमाले नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रौतहट निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । पूर्व सहरी विकासमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका साहले आफूलाई पार्टीले टिकट दिए पनि पूरै टिमलाई टिकट नदिइएपछि स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पार्टीभन्दा जनता र कार्यकर्ता ठूलो भएकाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको साहले जानकारी दिए।