काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जेलबाटै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
चौधरीले वारेसमार्फत आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बर्दिया निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
चौधरीको उम्मेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीले गरेका थिए । २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका चौधरी टीकापुर घटना मुद्दामा दोषी ठहर भएपछि हाल जेलमा रहेका छन् ।
चौधरीले २०७४ मा चुनाव जितेको क्षेत्रमा उनकी श्रीमती रञ्जिता श्रेष्ठ उम्मेदवारी दर्ता गराएकी छन् ।