घनश्याम भुसालद्वारा रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दर्ता
  • मूलधार

बुटवल । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर भूसालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । भुसालसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता पनि पुगेका थिए ।

भुसाललाई सत्ता गठबन्धनमा आबद्ध दल दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको समर्थन रहेको छ ।

  • October 9, 2022 प्रकाशित
  • सम्बन्धित