५ वर्षपछि फेरि ओखलढुंगामा खतिवडा र सुनुवारको भिडन्त, दुवैले गराए उम्मेदवारी दर्ता
  • मूलधार

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ओखलढुंगामा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट रामहरि खतिवडा र नेकपा एमालेबाट यज्ञराज सुनुवारले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार दुवैले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभातर्फ एउटैमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा २०७४ जस्तै दुई जनामा रोचक भिडन्त हुने भएको छ ।

२०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा काँग्रेसको तर्फबाट खतिवडा विजयी भएका थिए भने २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट सुनुवार निर्वाचित भएका थिए । यसपाली खतिवडालाई गठबन्धनको साथ छ भने सुनुवारलाई पनि जसपा साथ रहेको छ ।

  • October 9, 2022 प्रकाशित
  • सम्बन्धित