गगन थापा गएनन् सर्लाही, काठमाडौं–४ बाट नै उम्मेदवारी दर्ता गराए
  • मूलधार

काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा उम्मेदवारी दर्ता गराका छन्।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले काठमाडौं छाडेर सर्लाही पनि जाने कि भन्ने सोच बनाइए पनि उनले बताए । तर, काठमाडौं क्षेत्र नम्बर ४ कै जनताले आफूले संसद्मा प्रतिनिधित्वसँगै धेरै कुरा सिक्ने मौका पाएकाले काठमाडौं निर्वाचन क्षेत्र छाड्न नसकेको उनले बताए ।

  • October 9, 2022 प्रकाशित
  • सम्बन्धित